सुन तस्करी प्रकरण
सहसचिव झलकराम अधिकारीसँग सीआईबीले लियो बयान
बुधबार, २० भदौ २०८०, १० : ४५
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा सिआईबीले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ ।
सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । भदौ ७ मा विभागबाट गृह मन्त्रालयमा तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
अधिकारीसँग केन्द्रिय अनुसन्धान विभागमा बोलाएर बयान लिइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । अधिकारीले दावासँग सामाजिक सञ्जाल (ह्वाट्सएप)मा कुरा गरेको भेटिएको छ ।
ब्युरोले सुन प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेश पुनसँग पनि सोमबार बयान लिएको थियो । सुन प्रकरणमा हालसम्म २६ जना पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण