फिल्म ‘एक भगवत् गीता’ को गीतमा सुहाना
काठमाडौंँ । २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘एक भगवत् गीता’ को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीत सार्वजनिक भएको हो । कृष्ण जन्माष्टमीको अवसर पारेर मैथली र नेपाली भाषामा तयार यो गीत सार्वजनिक गरिएको हो ।
जनकपुरमा खिचिएको गीतमा सविन एकतारेको शब्द तथा हर्कुलस बस्नेतको संगीत छ । गीतमा संगीतकार बस्नेत, रजज्ञा श्रेष्ठ र सुमन गुरुङले स्वर दिएका छन् । गीतमा फिल्मकी मुख्य अभिनेत्री सुहाना थापा र बालकलाकार जेभिस र जेभिन श्रेष्ठलाई फिचर्ड गरिएको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीत राजेश श्रेष्ठले खिचेक हुन् भने मित्र डी गुरुङले सम्पादन गरेका छन् ।
झरना थापा निर्देशित अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा,अनुराग कुँवर, रामकैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।
सुनीलकुमार थापाको निर्माण रहेको फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनीलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण