कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य स्थिर, आईसीयूमा उपचार हुँदै
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो ।
कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटाले यादवमाथि धारिलो हतियारले आक्रमण गरेका हुन् । आक्रमणमा घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको जानकारी गराइन्छ । उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जरी/ओर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरुद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ । तत्पश्चात् हेर्नका लागि ट्रमा सेन्टरको आईसीयूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको जानकारी गराइन्छ ।'
यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले गहिरो घाउ परेको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण