समाजवादी मोर्चाले विराटनगरमा ४ हजार अगुवा कार्यकर्ता उतार्ने
विराटनगर । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवबद्ध समाजवादी मोर्चाले विराटनगरमा भदौ २५ गते हजारौँ मान्छे उतार्ने भएको छ ।
उनीहरुले कोशी प्रदेश लक्षित कार्यक्रम गर्न लागेका हुन् । मोर्चाले सातै प्रदेशमा आयोजना गर्ने सन्देशसभाको समापन पनि विराटनगरमै गर्न लागेको हो । विराटनगरस्थित होटल मनास्लुमा रहने कार्यक्रमलाई चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा प्रदेश अध्यक्ष दीपक याक्खाले बताए ।
कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विराटनगरको सन्देशसभालाई सम्बोधन गर्नेछन् ।
‘चारै जना शीर्ष नेताहरुले सम्बोधन गर्ने प्रदेशस्तरीय सन्देशसभाको तयारी लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेशमा कार्यक्रमको व्यवस्थापन गरिरहेको जनता समाजवादी पार्टी कोशी अध्यक्ष दीपक याख्खाले भने, ‘विराटनगरबाट समाजवादी मोर्चाले मुलुकलाई समाजवादी मोर्चामा सबै शक्तिलाई आबद्ध हुन आह्वान गर्ने सन्देश प्रवाह गर्नेछ ।’ उनका अनुसार सन्देश सभामा चार वटै दलका करिब ४ हजार अगुवा कार्यकर्ता प्रदेशभरिबाट सहभागी हुन विराटनगर आउनेछन् ।
जसका लागि समाजवादी मोर्चाले चारवटै पार्टीलाई कोटा छुट्याएर १–१ हजार अगुवा कार्यकर्ता ल्याउन सर्कुलर गरेको छ । ‘यही भाद्र २५ गते सोमबार दिनको १२ः१५ बजेबाट मोर्चाको प्रदेशस्तरीय सन्देशसभा विराटनगरको होटल मनास्लुमा हुने भएको हुँदा कार्यक्रम सफल बनाउन अनुरोध गरिन्छ,’ सर्कुलरमा भनिएको छ ।
उनीहरुले सबै जिल्लामा समाजवादी मोर्चाको जिल्ला बैठक बसेर सन्देश सभालाई सफल पार्न आवश्यक तयारी, प्रचारप्रसार र जनसहभागीता जुटाउन सहयोग गर्न पनि आग्रह गरेका छन् । सभामा सहभागी गराउनका लागि विराटनगर, मोरङ, सुनसरी र झापालाई बढी प्राथमिकता दिएका छन् । पहाडी जिल्लाबाट भने प्रतिनिधित्वमूलक मानिसहरुको सहभागिता रहने उनीहरुले बताएका छन् । ‘उक्त सभाबाट मोर्चाको उद्देश्य र सन्देश तलैसम्म लाने विश्वास छ,’ याक्खाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण