बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न सभापति राणासहितको टोली जाने
काठमाडौँ । कृषि तथा पशुपन्क्षी मन्त्रालय र फिड द फ्युचर नेपाल नलेज बेस्ड इन्टिग्रेटेड सस्टेनेबल एग्रीकल्चर इन नेपाल (किसान टू) को आयोजनामा बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिको नेतृत्वमा ७ जना टोली सहभागी हुने भएका छन् ।
समितिको बिहीबार बसेको बैठकले सभापति डा.आरजु राणाको नेतृत्वमा सदस्यहरू अनिशा नेपाली, अम्मरबहादुर थापा, विनीता कठायत, सूर्यकुमारी श्रेष्ठ र रुपा सो।शी। चौधरी तथा उपसचिव शिवदत्त बराल सहभागी हुने निर्णय गरेको हो ।
बैठकबाट समितिबाट सम्पादन गर्ने कार्य, निर्णय तथा निर्देशनहरू यथार्थपरक तथा कार्यान्वयनयोग्य बनाउनका लागि यस समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालयहरू ( कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र वन तथा वातावरण मन्त्रालय अन्तर्गतको संस्थागत संरचना र कार्यसम्पादनको जिम्मेवारीका सम्बन्धमा समितिको आगामी बैठकमा आमन्त्रण गर्ने निर्णय गरेको छ ।
समितिमा प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ मा संशोधनकर्ता सदस्यहरूबाट प्राप्त संशोधनका सम्बन्धमा सम्बन्धित संशोधनकर्ता सदस्यहरू, मन्त्री, सचिव लगायतका सरोकारवालाहरू समेतलाई सहभागी गराई छलफल गर्ने बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण