महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न छैनन् : राणा
बिहीबार, २१ भदौ २०८०, १३ : ४०
काठमाडौँ । राप्रपाका नेता धवलशमशेर राणाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै राणाले रिपोर्टस क्लबको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा यादवमाथि आक्रमण भएको आफ्नै आँखाले देखेको भन्दै सो व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।
उनले राप्रपा हिंसाको राजनीतिमा विश्वास नगर्ने समेत बताए । ‘राप्रपा हिंसाको राजनीतिप्रति कहिल्यै विश्वास गर्दैन । यो विषय प्रस्टै होस् कि त्यो आक्रमण गर्ने व्यक्ति हाम्रो पार्टीमा कुनै प्रकारले संलग्न थिएन । र उसमाथि हुनुपर्ने कारबाही हुनुपर्छ’, राणाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बिजुली ?
-
बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
-
पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गर्ने
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण