कान्ति बाल अस्पतालका निर्देशकमाथि छानबिन गर्न सांसदको माग
काठमाडौँ । एमाले सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले रेजिशा गोपालीको चरम लापरबाहीका कारण मृत्यु भएको भन्दै यो घटनाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने बताए ।
‘यो घटनाको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्छ कि पर्दैन ?’, प्रश्न गर्दै उनले भने, ‘त्यतिमात्रै होइन स्वास्थ्यमन्त्रीले यो संसदमा आएर यो बताउनुपर्थ्यो । देशभरका अस्पतालमा यस्ता बेथिति भइरहेको आइरहेको छ ।’
उनले सांसदमार्फत सरकारलाई कान्ति बाल अस्पतालका निर्देशक र अस्पताल व्यवस्थापन समितिमाथि अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनले पीडितलाई न्याय दिन र यस्ता घटना दोहोरिन नदिनतर्फ सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै डा.चन्दा कार्कीले पनि सरकारको गैर जिम्मेवारी व्यवहारका कारण रेजिशाको मृत्यु भएको भन्दै निकम्मा सरकारले रेशिजाजस्ता धेरै बिरामीको मृत्यु भइरहेको बताइन् । उनले पनि रेजिशा मृत्यु प्रकरणबारे निष्पक्ष छानबिन माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण