२६.७ प्रतिशत कृषकद्वारा तरकारीमा विषादीको प्रयोग
काठमाडौँ । नेपालीको दैनिक भान्सामा नभई नहुने तरकारीमा अझै पनि विषादीको प्रयाग हुँदै आएको देखिन्छ । सरकारले सार्वजनिक गरेको कृषि गणना २०७८ अनुसार तरकारी बाली लगाउने कृषकको परिवारसंख्या १९ लाख ७७ हजार ५ सय ७१ छन् ।
कुल तरकारी कृषकमध्ये ५ लाख २८ हजार १२ परिवारले तरकारीमा विषादीको प्रयोग गर्छन् । यसमध्ये पनि ६८ हजार एक सय १४ परिवारले तरकारीमा कडा विषादीको प्रयोग गर्दै आएका छन् । त्यस्तै ३ हजार ६ सय ९७ परिवारले तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्दै आएको कार्यालयले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको
विवरण अनुसार भक्तपुर, काभ्रे र तराईका सीमा क्षेत्रमा जिल्लाहरुमा लगाइएको तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्ने गरेको तथ्यांक संकलनका क्रममा बताएका छन् । तथ्यांक संकलनका क्रममा कूल तरकारी लगाउने कृषकको संखया मध्ये ७३.३ प्रतिशतले विषादीको प्रयोग नगरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण