२६.७ प्रतिशत कृषकद्वारा तरकारीमा विषादीको प्रयोग

काठमाडौँ । नेपालीको दैनिक भान्सामा नभई नहुने तरकारीमा अझै पनि विषादीको प्रयाग हुँदै आएको देखिन्छ । सरकारले सार्वजनिक गरेको कृषि गणना २०७८ अनुसार तरकारी बाली लगाउने कृषकको परिवारसंख्या १९ लाख ७७ हजार ५ सय ७१ छन् ।
कुल तरकारी कृषकमध्ये ५ लाख २८ हजार १२ परिवारले तरकारीमा विषादीको प्रयोग गर्छन् । यसमध्ये पनि ६८ हजार एक सय १४ परिवारले तरकारीमा कडा विषादीको प्रयोग गर्दै आएका छन् । त्यस्तै ३ हजार ६ सय ९७ परिवारले तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्दै आएको कार्यालयले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको
विवरण अनुसार भक्तपुर, काभ्रे र तराईका सीमा क्षेत्रमा जिल्लाहरुमा लगाइएको तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्ने गरेको तथ्यांक संकलनका क्रममा बताएका छन् । तथ्यांक संकलनका क्रममा कूल तरकारी लगाउने कृषकको संखया मध्ये ७३.३ प्रतिशतले विषादीको प्रयोग नगरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती लगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई स्वच्छ बनाइने
-
प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि
-
साल्टको अर्धशतकले पञ्जाबलाई सजिलै हराउँदै बेंगलुरु चौथो पटक फाइनलमा
-
१० बजे १० समाचार : आगामी आर्थिक वर्षको बजेट घोषणादेखि राजावादी आन्दोलनसम्म
-
नवलपरासीको बर्दघाट नगरपालिकाद्वारा नगर गान सार्वजनिक
-
आगामी आर्थिक वर्षको बजेट घोषणा, सबै अपडेट एकै ठाउँमा हेर्नुहोस्