राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट १० कविलाई पुरस्कार प्रदान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश जना कविहरूलाई आज पुरस्कार प्रदान गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कृत कविहरूमा मेश पुन ( छोरी, सिमाना र देश शीर्षकको कविता) काठमाडौँ, कृपा करुणा पोखरेल ( रक्तिम कथा) सुनसरी, खिमानन्द जोशी ( ईजा ! मुई गोठ नाइँ झान्या हुँ ) दार्चुला, जीवन आरोही ( प्रश्नहरुको विज्ञप्ति) उदयपुर, टङ्कबहादुर झाँक्री मगर ( हुन्के बे बड्डा) रोल्पा, तीर्थराज विश्वकर्मा ( कविले के सम्झियो ?) सुनसरी, नविन अभिलाषी ( भेरी ः अभिशप्त बगिरहेछ) दाङ, पूर्णानन्द ओझा ( सन्निको मान्स) डोटी, प्रकाश दिप्साली राई ( नौरानको नाम) सुनसरी र राधिका कल्पित ( परिचय पत्र ) काठमाडौँ छन् ।
सो अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले साहित्यको विकासमा सरकारले सदैव सहयोग गर्ने धारणा राख्दै स्रस्टाहरूले नेपाली समाजको सुक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरेर मौलिक रचना सृजना गर्नुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे प्रकाश पारेका थिए । उनले प्रतिष्ठानका प्रकाशनहरू सो अवसरमा राष्ट्रपति पौडेललाई प्रदान गरे ।
सो अवसरमा साहित्य विभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव २०८० सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिन् भने उपकुलपति विमल निभाले स्वागत मन्तव्य राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण