भरतपुरमा घुम्न लायक धेरै ठाँउहरु छन्: प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा घुम्न लायक धेरै ठाँउहरु रहेको बताएकी छन् ।
भरतपुर ६ लक्ष्मी नारायण मन्दिर पसिरमा बिहीबारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठुला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गरिन् ।
प्रमुख दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई नदीमा बोटिङ, र्याफ्टिङ गर्न सकिने बताइन् । मौलाकाली केवलकार गैँडाकोटमा भएपनि यसको लाभ भरतपुरले लिई रहेको उनको भनाइ छ ।
प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा ३ वटा विद्युतीय बस सञ्चालनमा ल्याइने जानकारी दिइन् ।
पवित्र तिर्थस्थल देवघाट जानका लागि धार्मिक पर्यटकलाई लक्षित गरी ३ वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताइन् । भरतपुर २९ मा रहेको चौकीडाँडाबाट प्याराग्लाईडिङ हिउँदमा फेरि सञ्चालनमा आउने उनले बताइन् ।
प्रमुख दाहालले हरियाली प्रर्वद्धनका लागि भरतपुर महानगरपालिकाले रु ४ करोड बढी विनियोजन गरेकोले बनेको सडकमा सौन्र्दयकरण गर्न महानगरले विरुवा उपलब्ध गराउने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन