भरतपुरमा घुम्न लायक धेरै ठाँउहरु छन्: प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा घुम्न लायक धेरै ठाँउहरु रहेको बताएकी छन् ।
भरतपुर ६ लक्ष्मी नारायण मन्दिर पसिरमा बिहीबारदेखि सञ्चालनमा आएको डुङ्गाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठुला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गरिन् ।
प्रमुख दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई नदीमा बोटिङ, र्याफ्टिङ गर्न सकिने बताइन् । मौलाकाली केवलकार गैँडाकोटमा भएपनि यसको लाभ भरतपुरले लिई रहेको उनको भनाइ छ ।
प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा ३ वटा विद्युतीय बस सञ्चालनमा ल्याइने जानकारी दिइन् ।
पवित्र तिर्थस्थल देवघाट जानका लागि धार्मिक पर्यटकलाई लक्षित गरी ३ वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताइन् । भरतपुर २९ मा रहेको चौकीडाँडाबाट प्याराग्लाईडिङ हिउँदमा फेरि सञ्चालनमा आउने उनले बताइन् ।
प्रमुख दाहालले हरियाली प्रर्वद्धनका लागि भरतपुर महानगरपालिकाले रु ४ करोड बढी विनियोजन गरेकोले बनेको सडकमा सौन्र्दयकरण गर्न महानगरले विरुवा उपलब्ध गराउने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण