तत्कालका लागि वैदेशिक रोजगारको विकल्प छैनः श्रममन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताएका छन् ।
मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भएपनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले त्यसको विकल्प नभएको बताएका हुन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धि प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारमा नागरिकहरु जानुपर्ने बाध्यात्मक अवस्था भएको कारणले सरकारले उनीहरुलाई सम्मानित र यर्यादित ढंगले गन्तव्य मुलुक पठाउने काम गरिरहेको दाबी समेत गरे । उनले उनीहरुलाई स्वदेशमै फर्काएर रोजगारीको अवसर दिलाउने गरी सरकारले आप्रवासन सम्बन्धि राष्ट्रिय नीति ल्याउने गरी आवश्यक काम गरिरहेको बताए ।
मन्त्री भण्डारीले भने, ‘वैदेशिक रोजगार बाध्यात्मक अवस्था हो । यसको अर्को विकल्प तत्कालका लागि छैन । यो एकदमै पीडादायक अवस्था हो । तर अहिलेको अवस्थामा मुलुकको जुन आर्थिक स्थिति छ । त्यसले गर्दाखेरी तत्काल कुनै चमत्कार हुने अवस्था पनि छैन । रोजगार हुने स्थिति पनि छैन । तर यसलाई सुरक्षित हिसावले पुर्याउने, मर्यादित हिसावले पु¥याउने र पछि उनीहरुलाई आफ्नो मुलुकमा फर्काएर यहाँ कसरी पुनस्थापना गराउने गरी राष्ट्रिय आप्रवासन नीति ल्याउने गृहकार्य गरिरहेका छौं ।’
मन्त्री भण्डारीले वैदेशिक रोजगार कम्पनीबाट ठगि हुन नदिनका लागि सरकारले श्रम विभागमार्फत अनुगमनको काममा कडाई गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण