धार्मिक संस्थाले निवेदन दिएकाले बोर्डले ‘एक भगवत् गीता’लाई दिएन सेन्सर सिफारिस
काठमाडौँ । चलचित्र विकास बोर्डले भदौको २९ गतेबाट रिलिज हुने फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिन रोकेको छ ।
फिल्मका निर्माता सुनिल कुमार थापाले बिनाकारण बोर्डले सेन्सरका लागि सिफारिस नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । बिनाकारण आफूलाई दुःख दिने काम भएको थापाको भनाई रहेको छ ।
केही धार्मिक संघ संस्थाले फिल्मको नाम नै परिवर्तन गर्नुपर्ने मागसहित विकास बोर्डमा पत्र दिएपछि अध्यक्ष भुवन केसीले सिफारिस रोकेका हुन् । उनले शुक्रबार बोर्डका स्वकीय सचिवसहित बसेर छलफल गरेर निर्णय लिने भन्दै रोकेका हुन् ।
फिल्मको नाम परिवर्तन नभए रिलिज नै गर्न नदिने भन्दै केही धार्मिक संघसंस्थाले विरोध जनाइरहेका छन् ।
फिल्मले एक बालक र एक युवतिको कथालाई प्रस्तुत गरेको भन्दै केही धार्मिक संघसंस्थाले फिल्मको नामले गलत सन्देश जाने तर्क गरेका छन् । तर, निर्माता सुनिलकुमार थापाले भने फिल्मले कुनै पनि धर्मको विषयमा कथा नभनेको भन्दै २ पात्रको नाममा फिल्म बनाएको बताए ।
फिल्म बनाउँदा जहिले पनि आफूहरुले बाधा व्यहोर्न परेको भन्दै उनले दुःख व्यक्त गरे । झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगरकाे अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण