शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

शुक्रबार, २२ भदौ २०८०, ०९ : १८
शुक्रबार, २२ भदौ २०८०

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज  बस्दै  छ । दिउँसो १ बजे बस्ने  प्रदेशसभाको पच्चिस औँ बैठकमा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्नेछन्।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीबाट “प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक” माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

उक्त विधेयकमा  सभामुखले  प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सचिवालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप