ट्रेड युनियन अधिकारबारे भइरहेको व्यवस्था परिवर्तन हुँदैन : प्रधानमन्त्री
शुक्रबार, २२ भदौ २०८०, ०९ : ५७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रेड युनियन अधिकारको अहिले भइरहेको व्यवस्थालाई कुनै परिवर्तन नगरेको प्रस्ट पारेका छन् ।
शुक्रबार २० औं निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास दिलाएका हुन् ।
उनले सङ्घीय निजामती सेवा विधेयक हिजो मात्रै मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको भन्दै राजनीतिक दलहरुबीच सहमतिबाट उक्त विधेयक यथाशक्य छिटो पारित हुने विश्वास समेत व्यक्त गरे ।
‘यहाँ ट्रेड युनियन अधिकारको कुरा उठ्यो, हामीले अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरेका छैनौ’, प्रचण्डको भनाई छ । यद्यपि उनले प्रशासनलाई बलियो बनाउने संहिताबारे भने सबैले विचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक
-
प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर २ बजेका लागि सर्यो
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल
-
लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय
-
संसद् रङ्गमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत
-
राजाभन्दा धनी प्रधानमन्त्री छन् यस देशमा