पुजारीमाथि धारिलो हतियार प्रहार, एक जना पक्राउ
शुक्रबार, २२ भदौ २०८०, १९ : ०२

रौतहट । रौतहटको पूर्वीभेग दूर्गा भगवती गाउँपालिकामा एक जना पुजारीमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको छ । बिहीबार राति ११ बजेको समयमा दुर्गा भगवती गाउँपालिका–३, देवीपर्सा टोलस्थित श्रीरामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि मन्दिर छेउमै धारिलो हतियारले आक्रमण भएको हो ।
घाइते भएका पुजारी साहको पिपरा बजारस्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको स्थानीय समाजसेवी उमेश साहले बताए । जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले घटनाको पुष्टि गर्दै आक्रमणमा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ परेका व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन । घाइते पुजारीको अवस्था सामान्य रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : खेमराज सेढाईं हाजिर जमानीमा रिहा
-
सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा सात जना पक्राउ
-
ओली र देउवाबिच भेटलगत्तै बालुवाटारमा क्याबिनेट बैठक सुरू
-
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता : शाक्य आउँदा पनि किन तिरेनन् उद्योगीले ?
-
ओली-देउवा सहितका शीर्ष नेताहरूबिच छलफल
-
रवीन्द्र मिश्रमाथि लगाइयो अर्को अभियोग