पुजारीमाथि धारिलो हतियार प्रहार, एक जना पक्राउ
शुक्रबार, २२ भदौ २०८०, १९ : ०२
रौतहट । रौतहटको पूर्वीभेग दूर्गा भगवती गाउँपालिकामा एक जना पुजारीमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको छ । बिहीबार राति ११ बजेको समयमा दुर्गा भगवती गाउँपालिका–३, देवीपर्सा टोलस्थित श्रीरामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि मन्दिर छेउमै धारिलो हतियारले आक्रमण भएको हो ।
घाइते भएका पुजारी साहको पिपरा बजारस्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको स्थानीय समाजसेवी उमेश साहले बताए । जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले घटनाको पुष्टि गर्दै आक्रमणमा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ परेका व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन । घाइते पुजारीको अवस्था सामान्य रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण