बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जेनिथ, ज्ञान निकेतन र एनसीसीएलाई केएमसी बास्केटबल उपाधि

शुक्रबार, २२ भदौ २०८०, २० : ०४
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । जेनिथ, ज्ञान निकेतन र एनसीसीएसले तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । जेनिथ सिनियर ब्वाइज, ज्ञान निकेतन जुनियर ब्वाइज र एनसीसीएस सिनियर गल्र्समा च्याम्पियन बने ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा जेनिथले ज्ञान निकेतनलाई ४१–३८ ले पराजित ग¥यो । जेनिथको जितमा प्रज्ज्वल बस्नेतले १८ अंक योगदान गरे ।

जुनियर ब्वाइज फाइनलमा दिप्सन अधिकारीको १० अंक सहयोगमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी ९एआईए० लाई ३०–२६ ले हरायो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा एनसीसीएसले इनोभेटिभमाथि २९–२० को जित दर्ता ग¥यो । एनसीसीएसकी दिभा महर्जनले १३ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा जेनिथका प्रज्ज्वल, जुनियर ब्वाइजमा ज्ञान निकेतनका जेसन घलान र सिनियर गल्र्समा दिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सैनिक आवसीय महाविद्यालय, जुनियर ब्वाइजमा पुष्प सदन र सिनियर गल्र्समा साइपाल एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई ज्ञान निकेतनका कार्यकारी प्रमुख अधिकृत विश्वजित कुँवर, एआईएका संस्थापक प्रिन्सिपल विमल घिमिरे, केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईं र केएमसीका निर्देशक डा। मेनाजकुमार थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १८ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान – टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप