शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा अख्तियारको टोलीमाथि आक्रमण, तीन जना पक्राउ

शुक्रबार, २२ भदौ २०८०, २० : २३
शुक्रबार, २२ भदौ २०८०

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकाेटमा आक्रमण भएको छ ।

भेरी नगरपालिका–५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको टोलीमाथि आक्रमण भएको हो । 

आक्रमणबाट एक जना घाइते भएको प्रहरीले जनाएको छ ।  

‘निरीक्षणका लागि अख्तियारबाट पाँच जनाको टोली आउनुभएको थियो,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोक्काले रातोपाटीसँग भने,‘ आक्रमणबाट चालक मानबहादुर ठाडा मगर घाइते हुनुभएको छ ।’

अख्तियारको गाडी चालक मानबहादुर वीरेन्द्रनगर नगरपालिका–११ का हुन् । उनलाई मुक्काले हानी घाइते बनाइएको प्रहरीले बताएको छ । उनको अहिले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको रोक्काले बताए ।

उनका अनुसार घटनामा संलग्न सोही ठाउँका २४ वर्षीय वीरेन्द्र चन्द, किरण शाही, चक्र बहादुर मल्ललाई प्रहरीले पक्राउ गरिसकेको छ । 

भवन निर्माणमा अनियमितता भएको विषयमा अख्तियारको टोली निरीक्षण गर्न त्यहाँ पुगेको थियो । आवश्यक कागजातहरूको अध्ययन   गरिरहेका बेला आक्रमण भएको डीएसपी रोक्का बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप