सेना आस्था र भरोसाको धरोहर हो भन्ने विश्वास कायम राखौँ : प्रधानसेनापति
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना जनताको आस्था र भरोसाको धरोहर हो भन्ने विश्वासलाई कायम राखि व्यक्तिगत र सामूहिक ढङ्गले कार्यसम्पादन जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा भएको दुई दिने पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले अनुशासन तथा जवाफदेहिताको महत्त्वलाई बुझेर प्राप्त सबै जिम्मेवारी गुणस्तरीय ढङ्गले निर्धारित समयमा पूरा गर्न सुझाव दिए ।
प्रधानसेनापति शर्माले भने, “आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्छ, बैठकमा भएका छलफललाई तल्लो दर्जा र एकाइसम्म प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजानुस् ।” उनले बैठकबाट समग्र देशको परिस्थितिलाई बुझेर आइपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनुपर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बैठकमा सहभागीले जिम्मेवारी क्षेत्रको परिस्थितिको विश्लेषण, अपरेशनल अवस्थालगायत प्रधान सेनापति समक्ष गर्नु भएको कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, सञ्चालित तालिमको प्रभावकारिता तथा अघिल्लो पृतनापति समन्वयात्मक बैठकमा उल्लेख भएका विषयको प्रगति विवरण प्रस्तुत गरेका गिए ।
पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिको सहभागिता रहेको बैठकमा प्रस्तुत विषय र छलफलबाट नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न सहयोग पुग्ने सेनाले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण