हेटौँडामा आइतबार समाजवादी मोर्चाको ‘सन्देश सभा’
हेटौँडा । समाजवादी मोर्चाले आइतबार हेटौंडामा सन्देशसभा आयोजना गर्ने भएको छ । मोर्चाले शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो ।
७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौंडामा सभा आयोजना हुने नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुषालले जानकारी दिइन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितीमा मोर्चाले सन्देश सभा आयोजना गर्ने समेत भुषालले जानकारी दिइन् ।
सन्देशसभा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे हुने उनको भनाइ छ । उनका अनुसार सन्देश सभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।
सभामा पार्टी संगठनका शीर्ष नेताहरु समेत उपस्थित हुने र सभालार्ई सम्बोधन गर्ने तय भएको उनको भनाइ छ । उनले समाजवादी मोर्चाको महत्वको विषयमा वक्ताहरुले आफ्नो भनाइ राख्ने कार्यक्रम रहेको स्पष्ट पारिन् ।
सन्देशसभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण