ललितपुर महानगर–१८ द्वारा एसईईमा उत्कृष्ट ३५ विद्यार्थीलाई सम्मान
ललितपुर । ललितपुर महानगरपालिका वडा–१८ ले एसइई २०७९ सालमा वडाबाट उत्कृष्ट स्थान ल्याउने ३५ विद्यार्थीलाई सम्मान गरेको छ । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य र वडा अध्यक्ष दामोदर खड्काले विद्यार्थीलाई सल र सम्झनाको चिनो दिएर सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै उपमेयर शाक्यले ललितपुर महानगरका २९ वडा मध्य १८ नम्बर वडा उत्कृष्टमध्येको रहेको बताइन् । उनले विद्यार्थीको उज्ज्वल भविष्यको लागि गरेको सम्मानले विद्यार्थीमा हौसला बढाएको जिकिर गरिन् । उनले वडाको विकासको लागि महानगरपालिका र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन् ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष दामोदर खड्काले वडाको पूर्ववत कार्यक्रम अनुसार एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको बताए । उनले भने, ‘हाम्रो यो सम्मानले समग्र वडाको शैक्षिक विकासको लागि महत्त्वपूर्ण हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण