बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी कार्यक्रमको तयारी
मनहरी । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताएकी छन् ।
मन्त्रालयले युवालाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्नका लागि रु १५ करोड बजेट छुट्याएर चालु आवमा काम गर्न लागिएको मन्त्री मुक्तानले जानकारी दिइन् । प्रदेशका युवालाई पहिले आम्दानी हुने खालको सीप सिकाउने, त्यही सीप सिकेको काम गर्नका लागि बीउ पुँजी पनि दिएर रोजगारी सिर्जना गर्न लागिएको उनको भनाइ छ ।
प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका युवालाई कार्यक्रममा समेट्न लागिएको उनको भनाइ छ । यस कार्यक्रमको कार्यविधि बनाउन लागिएको मन्त्री मुक्तानले बताइन् । कार्यविधि निर्माणपछि मन्त्रालयअन्तर्गतका कार्यालय, सिटिइभिटीलगायतका संस्थामार्फत कार्यान्वयन गरिने उनको भनाइ छ ।
गत आर्थिक वर्षमा कार्यक्रमका लागि प्रदेश सरकारले बजेट छुट्याए पनि काम भने हुन सकेन । पहिले श्रम, रोजगार तथा यातायात मन्त्रालयमा बजेट राखिएको भए पनि पछि फेरि सामाजिक विकास ममा पठाइएको बजेट समय अभावका कारण काम गर्न सकिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण