बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोबाट उछिट्टिएको ढुङ्गा लाग्दा एक किशोरको मृत्यु

आइतबार, २४ भदौ २०८०, ०९ : ३२
आइतबार, २४ भदौ २०८०

धनगढी । पहिरोमा आएको डुङ्गाले लागेर एक किशोरको ज्यान गएको छ । केआईसिंह राजमार्ग अन्तर्गत डडेलधुराको रडुवामा पहिरोमा खसेको ढुङ्गा लागेर जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो ।

हिजो  डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सिटमा सवार उनको टाउँकोमा  ढुङ्गा लागेको थियो । घाइते उनको उपचार डडेलधुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

अविरल वर्षापछि पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप