प्रधानमन्त्रीको चीन भ्रमण
प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे छलफल सुरु
आइतबार, २४ भदौ २०८०, १० : ०१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चीन भ्रमणबारे विभिन्न सरोकारवाल पक्षहरुसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छलफलमा पूर्वप्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, नेपाल सरकारका परराष्ट्रमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी रहेका छन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री दाहालले आजै परराष्ट्रविज्ञहरुसँग छलफल गर्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण