‘एक भागवत् गीता’ सेन्सर सिफारिस नभएपछि झरनाले भनिन्– ‘मर्नु र बाँच्नुको पीडा भयो’
काठमाडौंँ । निर्देशक झरना थापाले फिल्म ‘एक भागवत् गीता’ चल्न नदिने अवस्था आउँदा मर्नु र बाँच्नुको पीडा भएको बताएकी छन् । उनले शनिबार मध्यरातमा सामाजिक सञ्जालमा एक भावुक स्टाटस पोष्ट गर्दै फिल्मको पीडा पोखेकी हुन् । उनले फिल्ममा आफ्नो सारा श्रोत, सम्पत्ति र सपना समेत खर्चिएको बताएकी छन् ।
‘थाहा छैन, प्रिय दर्शकहरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन’, उनले अगाडि लखेकी छन्– ‘सत्य बोलिरहँदा पनि, सहि छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएपछि अन्तिममा फैसला त भगवानले गर्नु होला नि होइन ?’
फिल्म क्षेत्रमा आफू तीन दशकदेखि रहेको बताएकी झरनाले फिल्म ‘एक भागवत् गीता’ आफ्नो भगवान् श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर निर्माण गरेको समेत उल्लेख गरेकी छन् । भन्छिन्– ‘मैले मेरो जीवन भर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांकृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म गरेको छैन ।’
केही धार्मिक संगठनको विरोधका कारण झरनाको फिल्म ‘एक भागवत् गीता’ सेन्सर हुन सकेको छैन । २९ भदौमा रिलिज हुने तयारीमा रहेको फिल्मलाई धार्मिक संस्थाहरुको विरोधका कारण चलचित्र विकास बोर्डले सेन्सर सिफरिस दिएको छैन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण