‘असंलग्न परराष्ट्र नीति’लाई दृढतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई चित्रबहादुर केसीको सुझाव
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको असंलग्न परराष्ट्र नीति’लाई दृढतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।
अमेरिकामा जारी संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले विभिन्न दलका नेताहरूलाई बोलाएर सुझाव लिएका छन् ।आइतबार भएको सो सर्वदलीय छलफलमा नेता केसीले राष्ट्र र जनताको स्वार्थलाई शिरोपर गरे प्रस्तुत हुन सुझाव दिएको जानकारी दिए ।
अध्यक्ष केसीले भने–‘सैद्धान्तिक रूपले, राजनीतिक रूपले को टाढा को नजिक छ भन्ने कुरा हैन, राष्ट्र र जनतालाई शिरोपर गरेर हामीले राष्ट्र सङ्घमा जाँदा होस, चाहे भारत जाँदा होस, चाहे चीनमा जाँदा होस, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई मुख्य केन्द्र बनाएर जानुपर्छ भन्ने कुराहरू राखेँ ।’
उनले प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रकै हितमा कुरा गर्ने, काम गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन यही भदौ ३१ गते अमेरिका प्रस्थान गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण