शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘असंलग्न परराष्ट्र नीति’लाई दृढतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई चित्रबहादुर केसीको सुझाव

आइतबार, २४ भदौ २०८०, १२ : ५५
आइतबार, २४ भदौ २०८०

काठमाडौँ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको असंलग्न परराष्ट्र नीति’लाई दृढतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । 

अमेरिकामा जारी संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले विभिन्न दलका नेताहरूलाई बोलाएर सुझाव लिएका छन् ।आइतबार भएको सो सर्वदलीय छलफलमा नेता केसीले राष्ट्र र जनताको स्वार्थलाई शिरोपर गरे प्रस्तुत हुन सुझाव दिएको जानकारी दिए । 

अध्यक्ष केसीले भने–‘सैद्धान्तिक रूपले, राजनीतिक रूपले को टाढा को नजिक छ भन्ने कुरा हैन, राष्ट्र र जनतालाई शिरोपर गरेर हामीले राष्ट्र सङ्घमा जाँदा होस, चाहे भारत जाँदा होस, चाहे चीनमा जाँदा होस, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई मुख्य केन्द्र बनाएर जानुपर्छ भन्ने कुराहरू राखेँ ।’

उनले प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रकै हितमा कुरा गर्ने, काम गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन यही भदौ ३१ गते अमेरिका प्रस्थान गर्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप