गदर–२ ले बाहुबली–२ को रेकर्ड तोड्यो : सबैभन्दा धेरै कमाउने दोस्रो ठुलो हिन्दी फिल्म बन्यो
गदर–२ ले बाहुबली–२ को रेकर्ड तोडिदिएको छ । फिल्मले रिलिजको २९ दिनपछि रेकर्ड तोड्न सफल भएको हो । हालसम्म फिल्मले ५११ करोड भारु कमाएको छ । यसका साथै यो सबैभन्दा धेरै कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ ।
पहिलो नम्बरमा शाहरुख खानको पठान छ । पठानले ५४३ करोड भारु कमाएको थियो । यो हिसाबले गदर–२ ले पठानको रेकर्ड तोड्न ३५ करोड भारु कमाउनुपर्नेछ ।
हिन्दी फिल्म इतिहासको दोस्रो सबैभन्दा ठुलो फिल्म
बाहुबली–२ को हिन्दी संस्करणले ५१०.९९ करोड भारु कमाएको थियो । सन् २०१७ मा रिलिज भएको फिल्मले जुन रेकर्ड बनायो, त्यो पाँच वर्षसम्म तोडिएन । सन् २०२३ मा शाहरुख खानको फिल्म पठान रिलिज भयो ।
यो फिल्मले बाहुबली–२ को रेकर्ड मात्रै तोडेन, यसलाई उछिन्यो पनि । सन् २०२३ मा अर्को एउटा फिल्म रिलिज भयो, यसले बाहुबली–२ को रेकर्ड तोडिदियो । सन्नी देओलको गदर–२ ले २९ दिन भित्रै यस्तो गरेर देखायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण