कोशी अस्पतालले सुरु गर्यो'नयाँ अस्पताल एप' मार्फत सेवा
आइतबार, २४ भदौ २०८०, १८ : ०३

काठमाडौँ । कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ 'मोबाइल अस्पताल एप' सञ्चालनमा ल्याएको छ ।
यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्ने छन् ।
यसैगरी नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्ने अस्पतालले जनाएको छ ।
यो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ । यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय