शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वाणिज्य नीति २०७२ परिमार्जन गर्ने तयारीसँगै सरोकारवालासँग छलफल तीव्र

आइतबार, २४ भदौ २०८०, १८ : ०७
आइतबार, २४ भदौ २०८०

पर्सा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पछिल्लो समय व्यापारीहरू खाद्यान्न समेत आयात गर्न अग्रसर देखिएको बताउँदै स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिन आग्रह गरेका छन् ।

मन्त्री रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण हुन नसक्ने बताउँदै यसले मुलुक समृद्धिको बाटोमा लम्किन नसक्ने बताउनु बताए । मन्त्री रिजालले आइतबार वीरगन्जमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले  आयोजना गरेको वाणिज्य नीति मस्यौदाका सम्बन्धमा मधेस प्रदेश स्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्तरिक आपूर्ति तथा मूल्य शृङ्खला सुदृढ तुल्याउने उद्देश्यले वाणिज्य नीति २०७२ लाई समसामयिक परिमार्जन गर्ने तयारी थालेको छ । यस्तै, मन्त्रालयले वाणिज्य नीति मार्फत बजार विकास गर्ने, मूल्य श्रृंखलासँग लाभदायी सम्बन्ध गाँस्ने र प्राथमिक उत्पादकदेखि अन्तिम उपभोक्तासम्म वस्तु तथा सेवाको प्रवाह लागत–प्रभावी बनाउने गरी नीति परिमार्जन गर्न लागेको हो ।

मन्त्रालयले नयाँ वाणिज्य नीति २०८०को मस्यौदा तयार गरी सरोकारवालाहरूसँग छलफल अगाडि बढाएको  हो । मन्त्रालयले वाणिज्य नीतिको मस्यौदा सम्बन्धमा प्रदेश स्तरीय छलफलको क्रममा मधेस प्रदेशको वीरगन्जमा छलफल गरेको हो । छलफलमा मन्त्री रिजालले स्थिर सरकार नबन्दासम्म उद्योग वाणिज्य क्षेत्रमा देखिएका अहिलेका समस्या समाधान गर्न कठिनाइ हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप