समाजवादी मोर्चाको सन्देश सभाको ब्यानरमा राखिएन प्रदेशको नाम
काठमाडौँ । समाजवादी मोर्चाले भोलि सोमबार बिराटनगरमा आयोजना गर्न लागेको सन्देश सभाको ब्यानरमा प्रदेशको नाम लेखिएको छैन । सन्देश सभाको ब्यानरमा कोसी प्रदेश वा प्रदेश नम्बर १ नलेखी प्रदेशस्तरिय सन्देशसभा राखिएको छ ।
जनता समाजवादी पार्टी नेपाल सम्बद्ध पहिचानका लागि राष्ट्रिय समिति र नेकपा (एकिकृत समाजवादी) सम्बद्ध संगठनले समाजवादी मोर्चाको बिराटनगरको सन्देश सभामा कोसी नाम व्यानरमा नराख्न अपिल गर्दै शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए । सोही विज्ञप्तिलाई मध्यनजर गरी सन्देशसभाको व्यानरमा ‘कोशी प्रदेश’ को नाम नराखिएको बताइएको छ ।
जसपा सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, शिल्पी विशेष प्रदेश समितिका सह इन्चार्ज दलमर्दन कामी, शेर्पालुङ राष्ट्रिय समितिका संयोजक नुर्वु शेर्पा, नेकपा (एकिकृत समाजवादी) निकट नेपाल लिम्बु संघ (समाजवादी) का इन्चार्ज कृष्ण चोङबाङद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा सन्देश सभाको व्यानरमा कोशी नाम राखिएमा र कोशी नामको पक्षमा कसैले धारणा राखेमा कार्यक्रम स्थलमा उत्पन्न हुनसक्ने वा यसबाट सिर्जना हुने सबै किसिमको परिस्थितिको जिम्मेवार मोर्चा स्वयम् हुनुपर्ने छ’ भनि चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण