टोरन्टो इन्टरनेसनल फिल्म फेष्टिभलमा ‘गाउँ आएको बाटो’ प्रिमियर
काठमाडौंँ । नवीन सुब्बाको निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ को आइतबार क्यानाडाको टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा भव्य प्रिमियर भएको छ । प्रिमियरमा फिल्म हेर्दे दर्शकले फिल्मसँगै कलाकार दयाहाङ राई र पशुपति राईको अभिनयको प्रशंसा गरेका छन् ।
फिल्म हेर्न प्रिमियरमा पुगेकी लेखक मन्जुश्री थापाले प्रिमियरका तस्बिर फेसबुकमा सेयर गर्दै स्क्रिनिङपछि निर्देशक नविन सुब्बाले पहिलो पुस्ताका स्वतन्त्र निर्देशक भएको बताएकी छन् । अभिनेत्री पशुपति राईले पनि आफ्नो भूमिकाको बारेमा चर्चा भएको जनाएकी छन् । प्रिमियरमा निर्देशक सुब्बा र कलाकारसँगै निर्माता आमोद राई सहभागी थिए ।
नविन सुब्बा निर्देशित फिल्मले आधुनिकताको बाटोले जीविका र अस्तित्व रक्षाको सवालमा गम्भीर चुनौती खडा गरेको बिषय कथामा उठाएको छ । सामुदायिक लगानीको अवधारणामा बनेको फिल्ममा दयाहाङका अलवा पशुपति राई, प्रसन राई, केशव राई, प्रेम सुब्बा, राज थापा, सुमित्रा राई आदिको अभिनय छ । महेश राई र निर्देशक नवीन सुब्बाको लेखन रहेको फिल्ममा अमेरिकी नागरिक जोस हेरमको छायांकन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको संगीत छ ।
मिन्सो लिम्बु लाइन प्रोड्युसर रहेको फिल्मको कार्यकारी निर्माता सन्जु राई, नरहाङ राई, भिम राई र देवराज राई रहेका छन् भने आमोद राई र नवीन सुब्बा निर्माता हुन् । छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण