समाजवादी मोर्चाको स्थगित सुदूरपश्चिम सन्देश सभा मंगलबार हुने
काठमाडौँ । समाजवादी मोर्चाको प्रदेश अन्तर्गत सुदूरपश्चिम प्रदेशमा यसअघि स्थगित भएको सन्देश सभा मंगलबार (भदौ २६ गते) हुने भएको छ ।
भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । समाजवादी व्यवस्थाको आधार तय गर्ने लक्ष्यसहित गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।
जिल्ला तहसम्म संगठन विस्तार गर्ने नीति बनाएको मोर्चाले भदौ ८ गतेदेखि मधेश प्रदेशको वीरगञ्जबाट प्रदेशस्तरीय सन्देशसभा गर्दै आएको छ । सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए ।
‘धनगढीमा स्थगित भएको सन्देश सभा २६ गते गर्ने सहमति भएको छ । त्यसपछि चार दलको बैठक बसेर बाँकी कार्यक्रम घोषणा हुनेछ’, उनले भने । राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा गर्दै राष्ट्रिय एजेण्डामा साझा मुद्दा बनाएर मोर्चाले कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण