आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्दै असन्तुष्ट पक्षको निवेदन

सोमबार, २५ भदौ २०८०, १४ : १०
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन परेको छ ।  एन्फामा आबद्ध ४८ सदस्य तथा क्लब अध्यक्षले उनीहरुलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन् । 

सदस्यहरूले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउनका लागि निवेदन दिएको निवेदनमा उल्लेख छ । 

जसअनुसार नेम्वाङ र राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न राखिनुपर्ने उनीहरुको माग छ । ४० प्रतिशत सदस्यको निवेदनपछि २३ असोजसम्ममा विशेष साधारण सभा बोलाउनु पर्ने एन्फाको विधान व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप