समाचार
एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्दै असन्तुष्ट पक्षको निवेदन
सोमबार, २५ भदौ २०८०, १४ : १०
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन परेको छ । एन्फामा आबद्ध ४८ सदस्य तथा क्लब अध्यक्षले उनीहरुलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका हुन् ।
सदस्यहरूले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउनका लागि निवेदन दिएको निवेदनमा उल्लेख छ ।
जसअनुसार नेम्वाङ र राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न राखिनुपर्ने उनीहरुको माग छ । ४० प्रतिशत सदस्यको निवेदनपछि २३ असोजसम्ममा विशेष साधारण सभा बोलाउनु पर्ने एन्फाको विधान व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण