काठमाडौँ । १५ औँ संस्करणको नाडा अटो शो, २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार अर्थात् भदौ २६ गतेदेखि ३१ गतेसम्म ६ दिन काठमाडौँको भृकुटीमण्डपमा चल्ने अटो शोको सम्पूर्ण तयारी पूरा भएको आयोजक नाडाले जनाएको हो ।
'द बिगेस्ट शो अफ नेपाल' नाम दिइएको अटो शोको मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विधिवत् उद्घाटन गर्नेछन् ।
कोभिड–१९ पछि तीन वर्षको अन्तरालमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अटो शोको आयोजना गर्न लागेको हो । उक्त अटो शोमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे सवारी ब्राण्डसहित अन्य अटो कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट तथा स्पेयर पार्टस्सहित १२० स्टल रहने आयोजक नाडाले जनाएको छ । जसमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको समेत सहभागिता रहनेछ ।
अटो शोको पूर्वसन्ध्यामा भाग लिने कम्पनीहरुले आफ्नो स्टल झकिझकाउ बनाएका छन् ।
_ET43VE4QQA.jpg)
_m1GQjmE3Ih.jpg)
_lSP2WK2wti.jpg)
_GUrX34UtOQ.jpg)
_JyNhMvZzxX.jpg)
_YyOfil8dgC.jpg)
_ZhddfLAT5N.jpg)
_ow7i87UMZe.jpg)
_VmI2shyynW.jpg)
_LyI9WD7iUo.jpg)
_siPOn5TvpE.jpg)
_Hr37bd7NXc.jpg)
_FWyGBlQSdP.jpg)
_DeLPSjnAMc.jpg)
_NIlwOTQ0HF.jpg)
_b4M434uRWg.jpg)
_Vjf7W9u1Fp.jpg)
_ipukCSkcOh.jpg)
प्रतिक्रिया