नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
सारांश
- नेपालमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर मोडलहरू भित्रिने भएका छन्।
- चेतक सी२५०१ सस्तो संस्करण हुने अपेक्षा गरिएको छ, जसमा २.५ किलोवाट आवरको ब्याट्री र ११३ किलोमिटरको रेन्ज रहनेछ।
- चेतक सी३५०३ प्रिमियम मोडलका रूपमा आउनेछ, जसमा ३.५ किलोवाट आवरको ब्याट्री र १५३ किलोमिटरको रेन्ज हुनेछ।
काठमाडौँ । नेपालमा दुई नयाँ विद्युतीय स्कुटर बजाज चेतक मोडलहरू भित्रिने भएको छ ।
बजारमा आउन लागेको चेतक सी२५०१ तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हुने अपेक्षा गरिएको छ। यसमा २.५ किलोवाट आवरको ब्याट्री, ११३ किलोमिटरको आईडिसी रेन्ज, प्रतिघण्टा ६० किलोमिटरको उच्च गति र ४ घण्टाको चार्जिङ समय रहनेछ।
अर्कोतर्फ, चेतक सी३५०३ लाई भने प्रिमियम मोडलका रूपमा हेरिएको छ। ३.५ किलोवाट आवरको ब्याट्री जडान गरिएको यो स्कुटरले १५३ किलोमिटरसम्मको आईडिसी रेन्ज दिनेछ। साथै, यसमा डिजिटल डिस्प्ले र थुप्रै स्मार्ट फिचरहरू समावेश हुनेछन्।
बजाज नेपालले यसबारे हालसम्म कुनै आधिकारिक घोषणा नगरे तापनि नेपाली बजारका लागि यसको मूल्य र सार्वजनिक हुने समयसहितका थप विवरणहरू छिट्टै बाहिर आउने अपेक्षा गरिएको छ।
आगामी अगस्टमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुन गइरहेकाले यी दुवै नयाँ मोडलहरू सोही अटो शोमै सार्वजनिक हुने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण