मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग

सोमबार, ०४ साउन २०८३, १७ : १६
सोमबार, ०४ साउन २०८३

सारांश

  • विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको लागि महत्त्वपूर्ण बनेको छ।
  • जीडब्ल्युएमले आफ्नै भगिनी कम्पनी एसभल्ट इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ।
  • नेपालमा सार्वजनिक भएको जीडब्ल्युएम ओरा ५ ईभी एसयूभीमा प्रयोग गरिएको 'ड्रागन आर्मर ब्याट्री' आगो र पानी प्रतिरोधी, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादन भएको छ।

काठमाडौँ। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ।

धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि जीडब्ल्युएम विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी एसभल्ट इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ।

नेपालमा हालै सार्वजनिक भएको जीडब्ल्युएम ओरा ५ इभी एसयूभीमा प्रयोग गरिएको ‘ड्रागन आर्मर ब्याट्री’ पनि जीडब्ल्युएम अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी एसभल्टले विकास तथा उत्पादन गरेको हो। वर्षौँको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको छ।

‘ड्रागन आर्मर’ नाम रहनुको कारण यसको विशेष आन्तरिक संरचना हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्ताजस्तै तह–तहमा मिलाएर राखिएका छन्। यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने काम गर्छ। 

यसै कारण यो संरचनाले यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षात्मक कवचको रूपमा काम गर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप