भोलि धनगढीमा समाजवादी मोर्चाको सभा हुने
धनगढी । स्थगित भएको समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा भोलि (मंगलबार) धनगढीमा हुने भएको छ । सभालाई सम्बोधन गर्न मोर्चाका शीर्ष नेताहरू धनगढी आउने भएका छन् ।
सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभामा मोर्चा आबद्ध दलका प्रदेशका अगुवा नेताकार्यकर्ताको सहभागिता रहने एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए । प्रदेशका नौ वटै जिल्लाबाट सभामा सहभागिता रहने उनले बताए । प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल काठमाडौँबाट सँगै आउने बताइएको छ ।
यसअघि १३ भदौमा हुने भनिएको प्रदेशस्तरीय सभा स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण