कोशी प्रदेश : पालिकामा खटाइएका केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा
सोमबार, २५ भदौ २०८०, २० : १७
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश अन्तर्गतका पालिकामा खटाइएका केन्द्रीय नेतालाई प्रशिक्षण दिने भएको छ ।
सङ्गठन विस्तार तथा सुदृढीकरण योजना तर्जुमा बैठकले कोसी प्रदेशका १३७ वटै पालिका गठन, पुनर्गठनका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ ।
जिम्मेवारी प्राप्त केन्द्रीय समितिका सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरूलाई भोलि प्रशिक्षण दिन लागिएको हो ।
इटहरीस्थित पार्टीको प्रदेश कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कोसी प्रदेशका इन्चार्ज रकम चेम्जोङ लगायतले प्रशिक्षण दिने छन् । प्रशिक्षण बिहान ११ बजे सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण