मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
अलबिदा

नेम्वाङको सचिवालय भन्छ–सामान्य रुघाखोकी लागेको थियो, राति अचानक हृदयघात भयो

मङ्गलबार, २६ भदौ २०८०, ०५ : ५९
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सचिवालयले हृदयघात भएपछि  उनलाई उपचारका लागि गएराति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएका जनाएको छ । तर, उपचारको क्रममा उनको त्यहीँ निधन भएको  स्वकीय सचिव  कृष्णप्रसाद काफ्लेले बताए । 

उनका अनुसार नेम्वाङमा सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए । तर गएराति अचानक हृदयघात हुन पुगेको हो ।
 
नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका छन् । 

यसैबीच नेम्वाङको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप