अलबिदा
नेम्वाङको सचिवालय भन्छ–सामान्य रुघाखोकी लागेको थियो, राति अचानक हृदयघात भयो
मङ्गलबार, २६ भदौ २०८०, ०५ : ५९
काठमाडौँ । पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सचिवालयले हृदयघात भएपछि उनलाई उपचारका लागि गएराति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएका जनाएको छ । तर, उपचारको क्रममा उनको त्यहीँ निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताए ।
उनका अनुसार नेम्वाङमा सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए । तर गएराति अचानक हृदयघात हुन पुगेको हो ।
नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका छन् ।
यसैबीच नेम्वाङको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण