सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिरहने छौँ : केपी शर्मा ओली

मङ्गलबार, २६ भदौ २०८०, ०९ : ४५
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । 

मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो।  लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैँ सम्झिरहने छौँ, सामाजिक सञ्जालमा ओलीले लेखेका छन् । 

साथै उनले नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै  परिवारजनमा गहिरो समवेदना पनि  व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप