मधेस प्रदेशले क्रान्तिकारी महिला योद्धा गुमाएको छ : अर्थमन्त्री यादव
मङ्गलबार, २६ भदौ २०८०, १३ : ०३
जनकपुरधाम । लामो समयदेखि ‘क्यान्सर’बाट पीडित जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य विन्दु कुमारी यादवको निधनप्रति मधेस प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता सञ्जय कुमार यादवले दुःख व्यक्त गरेका छन् ।
अर्थमन्त्री यादवले शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘उहाँको देहावसानले मदेसलाई अकल्पनीय र अपूरणीय क्षति भएको छ । पहिचानवादी अधिकारका लडाईमा सुरुदेखि नै अग्रणी भूमिकामा रहनुभएका उहाँको यो योगदान सदैव अविस्मरणीय हुनेछ ।’
मधेस प्रदेशले एउटा कुशल, क्रान्तिकारी योद्धा महिला नेतृका साथै आन्दोलनकारी समेत गुमाएको छ ।
स्वर्गीय विन्दुकुमारी यादव प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उनले शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण