चलचित्र संरक्षण मञ्चको अध्यक्षमा रखाल
काठमाडौँ । चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिवेशनबाट अध्यक्षमा पुनः टिकाराम रखाल मगर (रोजन) चुनिएका छन् । मंगलबार राजधानीको होटल हार्दिक बागबगारमा सम्पन्न मञ्चको निर्वाचनले मगरको नेतृत्वमा नयाँ कार्यसमति छानेको हो ।
अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा दिपक तामाङ लामा, प्रथम उपाध्यक्षमा हरिश सिग्देल (आर्यन), द्वितीय उपाध्यक्षमा दिनेश राउत, महासचिवमा समिर मिया, उप–महासचिवमा तेज बहादुर गिरी, सचिवमा निर बहादुर दर्लामी मगर (जय), कोषाध्यक्षमा जीवन कुमारी भोलन (रोशनी), सह–कोषाध्यक्षमा संगीत सागर बुर्जा निर्बिरोध चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा मायादेवी सिङतान, बिश्वास भण्डारी, उद्धव बस्नेत, जानुका राई, शान्ति कुमारी डिमडुङ, राखिन्द्र कुमार थिङ, ध्रुब चौलागाई र सुभाष गोतामे छानिएका छन् ।
चलचित्र पत्रकार विष्णु प्रसाद सुवेदी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन कमिटीमा गीतकार डब्बु क्षेत्री र अधिवक्ता कुल विक्रम रायमाझी निर्वाचन अधिकृतको रुपमा रहेका थिए । मंगलबार नै निर्वाचन कमिटीले नव–निर्वाचित पदाधीकारीहरुलाई विजयीको प्रमाण पत्र समेत प्रदान गरेको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा आजीवन माधवराज खरेललाई सम्मान गरिनुका साथै सञ्चारकर्मी गीता अधिकारी, कमला जोशी, गायिका सरिता भारती, छायाँकार राजन खरेल र फोटोग्राफर बद्री थापालाई कदर पत्र प्रदान गरिएको थियो ।
संस्थाका मानार्थ सदस्यहरु गीतकार दयाराम पाण्डेय, संगीतकार शंकर थापा ‘स्माइल’, पत्रकार कुबेर राज गिरी, सौन्दर्यकर्मी गीता पौडेल समेतको उपस्थिति रहेको कार्यक्रममा विमला भुजेल, गोविन्द बहादुर ब्लोन, मिना पाख्रिन, सुमन राई, सुना लामा र तुलसा राईलाई आजीवन सदस्यको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नव–निर्वाचित अध्यक्ष रखालले आगामी दिनमा नेपाली चलचित्रको संरक्षणका लागि शशक्त रुपमा लागि पर्ने प्रतिबद्धता जनाए ।
यस्तै प्रथम उपाध्यक्ष सिग्देलले नेपाली चलचित्रको संरक्षणमा सबैले हातोमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए । यस्तै द्वितीय उपाध्यक्ष राउतले सामूहिक एकता र सहकार्यबाट मात्र नेपाली चलचित्रको विकास, विस्तार र प्रवर्द्धन सम्भव भएको भन्दै आफू यसैमा केन्द्रित रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण