बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेम्वाङको निधनप्रति जनमत पार्टीद्वारा दुःख व्यक्त

मङ्गलबार, २६ भदौ २०८०, २१ : १९
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । जनमत पार्टीले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ । 

“संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको असामयिक निधन भएको हुँदा उहाँप्रति जनमत परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । तथा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ,” सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप