शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

सिभिल इन्जिनियरिङ्गमा अब्बल सामुदायिक विद्यालयको कथा : जो दुई दशकमै चम्कियो

बुधबार, २७ भदौ २०८०, ०७ : ११
बुधबार, २७ भदौ २०८०

बुटवल । व्यवस्थित कक्षाकोठा, सुविधा सम्पन्न पुस्तकालय र विज्ञान प्रयोगशाला। त्यसमाथि स्तरीय खेल मैदान । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित नवीन औद्योगिक कद्दर बहादुर रिता माविको परिचय हो यो । 

दुई दशक अघिसम्म यो विद्यालयमा देवीनगर तथा नहरपुरमा बस्ने अधिकांश सुकुम्वासीका छोराछोरीहरूले अध्ययन गर्थे । कमजोर भौतिक संरचना र गुणस्तरका कारण त्यो बेला यहाँ पढ्नेलाई पनि अलि हेयको दृष्टिले हेरिन्थ्यो ।

समय क्रमसँगै अहिले समुदायको मेहनतबाट विद्यालयको भौतिक विकास मात्रै होइन, शैक्षिक गुणस्तर पनि वृद्धि भएकोछ । त्यसैले, उच्च तहका धनाढ्य परिवारका छोराछोरीहरूसमेत भर्ना हुन लालयित छन् ।   

२०३३ सालमा स्थापना भएको विद्यालयले २०६० सालदेखि अङ्ग्रेजी माध्यममा पढाउन थाल्यो । २०७० सालदेखि कक्षा ९ बाटै इन्जिनियरिङसमेत सुरु गरेको थियो । यसले अहिले राष्ट्रकै नमुना सामुदायिक विद्यालयको परिचय बनाएको छ । 

two

व्यवस्थित भौतिक पूर्वाधारसँगै विद्यालयको शैक्षिक गुणस्तरमा पनि सुधार भएपछि विद्यार्थी र अभिभावक उत्साहित भएको स्थानीय देवीनगरका कमल खड्का बताउँछन् । 
बुटवलका स्थानीय मात्रै नभएर देशका विभिन्न ठाउँबाट आउने हुँदा नयाँ शैक्षिक सत्रमा यहाँ भर्ना हुन हम्मे हम्मे पर्छ । 

विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले यहाँको सफलताको श्रेय शैक्षिक गुणस्तर कायम गर्न दक्ष शिक्षक, मन्टेश्वरीदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यममा पढाइ, भौतिक पक्ष, सिकाइमा अभ्यासमा जोड, व्यावहारिक ज्ञान आदि रहेको बताउँछन् । 

यो विद्यालयमा कक्षा ९ देखि सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । त्यस्तै, कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन,होटेल व्यवस्थापन, कानुन र शिक्षा शास्त्र सङ्कायमा विद्यार्थीले पढ्न पाउँछन्। 

विद्यालयमा स्टाफ नर्सको व्यवस्थाले विद्यार्थीको आकस्मिक उपचारमा सहयोग पुगेको छ । हाल विद्यालयमा ४ हजार ५७१ जना विद्यार्थी अध्ययनरत छन् भने १७० जना शिक्षक तथा कर्मचारी रहेका छन् ।  

यसरी बन्यो उत्कृष्ट नमुना विद्यालय 
विद्यालयले २०६० सालमा जब माध्यमिक तह अनुमित पायो अनि अङ्ग्रेजी माध्यममा पढाइ पनि सुरु भयो । त्योबेला अङ्ग्रेजी माध्यमबाट विद्यार्थी तान्ने प्रचलन थियो । विद्यालयको शैक्षिक वातावरणसँगै भौतिक रूपमा अगाडि बढाउन पनि विभिन्न स्रोतको खोजी भयो । 

नवीन औद्योगिक कद्दरबहादुर रिता माविको विद्यालय भवन कुनैबेला टिनको छाप्रो थियो । अहिले विद्यालयको मुहार फेर्नुमा पूर्व व्यवस्थापन समितिका अध्यक्ष कद्दर बहादुर रायमाझी, हालका अध्यक्ष कृष्ण प्रसाद खरेल, प्राचार्य प्रेमबहादुर बस्नेतको दिनरात खटाइ, व्यवस्थापन समितिका पदाधिकारी,स्थानीयवासी एवं सरकारी निकायको महत्वपूर्ण देन छ । 

premप्रअ बस्नेत अहिले बिहान ६ बजेदेखि साँझ पनि कम्तीमा ६ बजेसम्मै विद्यालयको काम खटिएको भेटिन्छन् । उनको मेहनतले विद्यालय राष्ट्रिय स्तरको नमुना परिचित बन्न सफल भएको मान्नेहरू धेरै छन् ।

फरक फरक तीन विषयमा मास्टर गरेका बस्नेतको ध्यान पनि विद्यालयको शैक्षिक गुणस्तर कायम गर्नमै केन्द्रीत छ । सिभिल इन्जिनियरिङ्गमा विद्यार्थीहरू राम्रो उत्पादन गर्न विद्यालय सफल भएको छ । यहाँका विद्यार्थीहरूले पोखरा विश्वविद्यालय टप गर्नेदेखि प्रत्येक वर्ष राम्रो अङ्क ल्याउन सफल भएका छन्। 

विद्यालयले २०७५ सालमा लुम्बिनी प्रदेशमा नमुना विद्यालय, बेलायत दूतावासबाट अन्तर्राष्ट्रिय स्कुल अवार्ड, यस्तै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को नजिताअनुसार २०७८ सालमा बुटवल नगरपालिकाभित्र सामुदायिक विद्यालयबाट उकृष्ट भई २ लाख नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

अहिले कक्षा १२ को परीक्षामा पनि सुस्मिता पुनले सिभिल इन्जिनियरिङ्गतर्फ ३ प्वाईन्ट ८३ जिपीए ल्याई नेपाल प्रथम भएकी छन् ।सिभिल इन्जिनियरिङ अध्ययनले यस विद्यालयको थप साख वृद्धि गरेको रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले रातोपाटीलाई बताए ।सामुदायिक विद्यालयमा राम्रो अभ्यास गराउन सफल यो विद्यालयमा खास गरी तत्लो वर्गका विद्यार्थीहरुलाई सिभिल इन्जिनियरिङ्गको अध्ययनमा डोर्याएर गौरव बढाएको उनको जिकिरछ ।

बुटवल बहुमुखी क्यापसका शिक्षा शास्त्रका प्राध्यापक प्रकाश पौडेलले नवीन विद्यालयको राम्रा अभ्यास अन्य सामुदायिक विद्यालयका लागि प्रेरणदायी हुने बताए ।यो विद्यालय नेपालमा नै सिभिल इन्जिनियरिङ्गमा अब्बल मानिन्छ । 

3 (2)

यहाँ अध्ययन गरेका विद्यार्थीहरूले टिचिङ अस्पतालदेखि विभिन्न ठाउँमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । बुटवल नगरपालिका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले नविन विद्यालयले सिभिल इन्जिनियरिङतर्फ राम्रो फड्को मारेर बुटवलको शैक्षिक क्षेत्रमा अर्को शान थपेको बताए ।

प्रअ बस्नेतले पोखरा विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकालेका यहाँका विद्यार्थीहरूलाई पढ्नबाट बञ्चित गरेको, पाठ्यक्रमको पनि समस्या रहेकोले राज्यको ध्यान जानुपर्ने माग गरे। 

threesixone

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप