कपिलवस्तुको जगदीशपुरत तालमा प्राणी शास्त्रीहरूको भेला, पर्यापर्यटनको प्रवर्द्धनका लागि अभियान चलाइने
बुटवल । कपिलवस्तुको जगदीशपुरत तालमा प्राणी शास्त्रीहरूको भेलाले पर्यापर्यटनको प्रवर्द्धनका लागि अभियान चलाउने भएको छ।
प्राणी शास्त्रीको भेलाले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यापर्यटनको आकर्षण र सम्भावनालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।
नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशद्वारा पक्षी आरक्ष जगदीशपुरमा आयोजित अन्तर्क्रियामा यस क्षेत्रका चरा, वन्यजन्तु, सरीसृप र उभयचर संरक्षण गरी पर्यापर्यटनको आकर्षण थप्न र प्रणाली सन्तुलन राख्न सक्ने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरेको छ ।
कपिलवस्तु, रुपन्देही र नवलपरासीमा पर्यापर्यटनको प्रशस्त सम्भावना हुँदा स्थानीय, प्रदेश र सङ्घीय सरकारले नीति, योजना र कार्यक्रम बनाइ लागू गर्नुपर्ने उनीहरूको माग रहेको छ ।
लुम्बिनी प्रदेशका करिब सय जना प्राणी शास्त्री भेला भएको कार्यक्रममा लुम्बिनी पर्यटन परिषद्का कार्यकारी अधिकृत रामु जोशी, चराविद् कृष्णप्रसाद भुसाल र लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजुले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्राणी शास्त्रमा उल्लेखनीय भूमिका खेलेबापत ६ जना विशिष्ट ब्याक्तीहरुलाई सम्मान पनि गरिएको थियो ।
सम्मान त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय सायक डिन प्रा डा महेन्द्र महर्जन, प्राणी शास्त्री केन्द्रीय विभागीय प्रमुख प्रा डा कुमार सापकोटा, ड्ब्लु डब्लु एफ का विभागीय हेड तथा सारस क्रेन का अनुसन्धान कर्ता राजेन्द्र साहुल लगायत लाई समान गरिएको थियो
सोही अवसरमा नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको अधिवेशनले पुनः बाबुराम बन्जाडेको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । उपाध्यक्षमा भेषराज चौधरी , महासचिवमा कमल कुमार शर्मा , सचिवमा अम्मर केसी कोषाध्यक्षमा श्रीराम पौडेल रहेका छन् ।
त्यस्तै, सदस्यमा हिराबहादुर राना, विवेक डिसी, अंकितकुमार सिंह, अब्दुल हामिक खान, विशाल आचार्य र शिवराज न्यौपाने रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण