सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चासँग ५ तरिकाले बनाउनुहोस् अटुट सम्बन्ध : टाढा बस्दा पनि दुरी आउँदैन, भावनात्मक लगाव कायम रहनेछ

बुधबार, २७ भदौ २०८०, ०९ : ५८
बुधबार, २७ भदौ २०८०

हाम्रो संसार हाम्रा बच्चाहरु हुन् । हामी बीचको बन्डिङले उनीहरूलाई बलियो र सही बाटोमा हिँड्ने एक आत्मविश्वासी बच्चा बनाउनेछ । उनीहरू बाल्यकालमा आफ्ना आमाबाबुसँग भावनात्मक रूपमा जति जोडिएका हुन्छन्, तपाईंले उनीहरूलाई जति प्रेम, स्नेह र केयरसहित जीवनमा अघि बढ्न मद्दत गर्नुहुन्छ, उनीहरू ठुलो भएर एक सफल व्यक्ति बन्नका लागि तपाईंले मार्ग प्रशस्त गर्नुहुनेछ । आज हामी तपाईंलाई आफ्ना सन्तानसँग जीवनभरिको अटुट सम्बन्ध कसरी स्थापित गर्ने भन्नेबारे जानकारी दिँदै छौँ । 

parents1आफ्नो बच्चासँग प्रेमिल र स्वस्थ सम्बन्ध हुनु जीवनको सबैभन्दा ठुलो आनन्द हो । यसले तपाईंलाई अभिभावकको रूपमा आफूलाई राम्रो महसुस गराउने मात्र होइन, यसले तपाईंको बच्चामा सुरक्षाको भावना पनि जगाउँछ । बाल्यकालमा पाएको सुरक्षाको अनुभूति उनीहरूले जीवनभर महसुस गर्छन् ।

बच्चाको लागि, उसको परिवार नै सुरक्षा र सान्त्वनाको एक मात्र ठाउँ हो । जीवनका सुरुवाती वर्षहरूमा आमाबुवासँग केही कुराहरूमा असहमति रहे, जीवनभरि यो असहमतिको डर  रहिरहन्छ । यसै कारण उनीहरूले अभिभावकबाट सहयोगको वैकल्पिक स्रोत खोज्न थाल्छन् र उनीहरूबीच दूरी उत्पन्न हुन्छ ।

parents2बालबालिकालाई अभिव्यक्तिको माध्यम खोज्नु र आफ्नो निर्णय आफैँले गर्ने क्षमताको विकास गर्नु फाइदाजनक भए पनि यसको कारण अभिभावक र बालबालिकाबीचको तनावपूर्ण सम्बन्ध हो भने भविष्यमा यो निकै खतरनाक साबित हुन सक्छ । यसले गर्दा बालबालिकाले भावनात्मक विषयमा कुराकानी नगर्ने, विश्वास र सुरक्षाको अभावको स्थिति निम्तिन सक्छ । 

parents3घरको वातावरण राम्रो नहुँदा त्यसको असरले अभिभावक र बालबालिकाबीच गहिरो सम्बन्ध स्थापित नहुने अनुसन्धानले देखाएको छ । यस्तो अवस्थामा, यदि तपाईं आफ्नो बच्चासँग गहिरो सम्बन्ध कायम राख्न चाहनुहुन्छ भने, राम्रो वातावरणमा सँगै खाना खानुहोस्, हरेक हप्ता फ्यामिली डेका लागि लागि समय निकाल्नुहोस् र सँगै केही गुणस्तरीय समय बिताउनुहोस् ।

parents4घरमा बच्चाहरूसँग शक्तिशाली शासकको झैँ व्यवहार नगर्नुहोस् । जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्दा राम्रो हुनेछ । तसर्थ, तपाईंले घरमा उनीहरूसँग खुसी हुने प्रयास गर्नुहोस्, आफ्ना भावनाहरू साट्नुहोस्, बच्चाहरूलाई आफ्नो हरेक कुरा बोल्ने अधिकार दिनुहोस् र उनीहरूलाई जज नगर्नुहोस् । उनीहरूलाई राम्रो तरिकाले बुझ्नुहोस् र त्यसपछि मात्रै उनीहरूलाई सही र गलत बताउनुहोस् । तपाईं सधैँ उनीहरूको साथमा हुनुहुन्छ र कुनै पनि समस्याबाट निकाल्न प्रयास गर्नुहुनेछ भन्ने कुरा बच्चालाई महसुस गराउनुहोस् । 

parents5तपाईंले आफ्ना सन्तानलाई आँखा चिम्लेर विश्वास गर्नुहुन्छ भन्ने कुरा पनि महसुस गराउनुहोस् । तपाईंलाई यस्तो गर्ने इच्छा नभए पनि बच्चालाई भने भन्नुहोस् । तपाईं आफ्ना सन्तानसँग खुलेर कुराकानी गर्नुहोस् र हरेक कुरा सेयर गर्ने माहौल स्थापित गर्नुहोस् । यस्तो गर्दा उसले आफूलाई तपाईंसँग सुरक्षित महसुस गर्नेछ र हरेक तरिकाले तपाईंलाई आफ्नो नजिक राख्न चाहनेछ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप