अनुसन्धान
यी हुन् सुन तस्करीका लागि खडा गरिएका ७ कम्पनी
बुधबार, २७ भदौ २०८०, १२ : ४६
काठमाडौँ । हङकङबाट नेपालमा सुन तस्करीका लागि ७ वटा कम्पनी खडा भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी सञ्जयसिंह थापाले सुन तस्करीमा ७ वडा कम्पनी खडा भएको जानकारी दिएका हुन् ।
उनका अनुसार छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, पवाटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, रेडी ट्रेड र सरिता सप्लायर्स कम्पनी खडा भएको पाइएको हो ।
यी कम्पनीका मालिकमा क्रमशः लेखनाथ कार्की डोली, रामकुमार भुजेल, कुमार बहादुर भुजेल, रामबहादुर भुजेल, विकुन्द्र भुजेल, दिलीप भुजेल र सरिता तामाङ रहेका छन् ।
यी आईबीले तस्करीका सुनहरु टोखा र लाजिम्पाटमा गाल्ने गरेको खुलेको पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण