सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्रदेखि टिकटकमा प्रहरीको पोसाक प्रयोग गर्न अनुमति लिनुपर्ने, कारबाहीको चेतावनी

बुधबार, २७ भदौ २०८०, १८ : ४७
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । विगत केही समय यता नेपाली चलचित्र, टेलिचलचित्र, साङ्गीतिक भिडियो एवम् फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग गरेकोमा नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर आपत्ति जनाएको छ।

प्रहरीको पोसाक लगाएर सांगठनिक मर्यादा विपरीतका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने एवम् प्रहरी कर्मचारीका निर्दोष पारिवारिक सदस्यहरू समेतको सुरक्षा चुनौती दिने किसिमका असामाजिक एवम् अराजक प्रकृतिका अभिव्यक्तिहरू आएको कार्यालय जनाएको हो । 

नेपाल प्रहरीको पोसाक प्रयोग गर्नु पूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्व स्वीकृति लिनुपर्ने कार्यालयले जनाएको छ ।

त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाको पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसार बाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न आग्रह गरिएको छ ।

 यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ । 

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप