जसपाले तोक्यो मधेस प्रदेशमा विभागीय जिम्मेवारी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ । बुधबार बसेको जसपा प्रदेश समितिको बैठकले नेताहरुको विभागीय जिम्मेवारी तोकेको हो ।
बैठकले संगठन विभागको प्रमुखमा दिनेश यादव, युवा, विद्यार्थी र खेलकुद विभागको प्रमुखमा ज्ञानेन्द्र कुमार यादव, अनुगमन तथा मुल्यांकन समितिको प्रमुखमा रामसेवक यादव, प्रदेश मामिला तथा स्थानीय तह परिचालन विभाग प्रमखमा शैलेश कुमार साह, महिला विभाग प्रमुखमा निराकुमारी साह, दलित फाँट इन्चार्जमा पुनित राम र आर्थिक विभाग प्रमुखमा रेणु यादवलाई चयन गरेको छ ।
त्यस्तै कार्यालय व्यवस्थापन समिति प्रमुखमा दिनेश कुमार यादव र कार्यालय सचिवमा जितेन्द्र कुमार यादवलाई चयन गरिएको छ । कृषि तथा सहकारी विभाग प्रमुख अरुणकुमार देव, शिक्षा विभागको प्रमुखमा बृजमोहन तिवारी, ट्रेड युनियन विभाग प्रमुख महाराज यादव रहेका छन् ।
बैठकले युसुफ अलि संयोजक रहेको संगठन विस्तार अभियान कार्यक्रमको सचिवालय समेत गठन गरेको छ । सचिवालयमा राम नरेश यादव, रामप्रकाश महतो, विनोद कुमार यादव र जितेन्द्र कुमार यादव रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण