हेटौँडा अस्पतालका ७९ चिकित्सकले मेडिकल सुपरिटेन्डेन्टलाई बुझाए सामूहिक राजीनामा
मकवानपुर । हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले सामूहिक रूपमा राजीनामा पत्र तयार गरेका हुन् । चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा बुझाएका हुन् ।
उक्त पत्रमा सुरक्षाको प्रत्याभूति नभएकाले उपचार सेवा प्रवाह गर्न नसक्ने कारण उल्लेख गरिएको एक चिकित्सकले जानकारी दिए । उनका अनुसार अस्पताल भित्रै प्रवेश गरेर उपचारमा खटिएका डाक्टर माथि आक्रमण गर्ने र कारवाहीका लागि प्रहरी प्रशासनले देखाएको आनाकानी विरुद्ध सामूहिक रूपमा राजीनामा दिनुपर्ने बाध्यता देखिएको हो । ‘सेवा प्रवाह गरे बापत डाक्टर पिटिनुपर्ने, प्रहरी प्रशासनले कारबाहीमा गरेको ढिलासुस्तीले हामीलाई हतोत्साहित बनाएको छ । डाक्टरहरूले सुरक्षित महसुस भएर काम गर्ने वातावरण छैन । त्यसैले सामूहिक राजीनामा लेखेका हौँ ।’ उनले भने ।
हेटौँडा अस्पतालका मेसु डा. सापकोटा मार्फत हस्ताक्षर प्रमुख जिल्ला अधिकारी समक्ष बुझाउने तयारी गरिएको उनले बताए ।
‘प्रहरी प्रशासन कै अगाडी डाक्टर काट्छ मार्छु भन्ने धम्की आउँदा सम्म सुरक्षा निकाय मौन देखिएपछि त्रासपूर्ण वातावरणमा काम गर्न सक्ने अवस्था बनेन र हामी सामूहिक राजीनामाको तयारीमा लागेका हौँ ।’ उनले भने, ‘हामीले ७८ जना डाक्टरको हस्ताक्षर सङ्कलन गरेका छौँ । उक्त सङ्कलित हस्ताक्षरसहितको राजीनामा पत्र मेसु सापकोटा मार्फत प्रशासनमा जान्छ । त्यसमा उहाँको पनि हस्ताक्षर रहन्छ । सोही अनुसार राजीनामा पत्रमा ७९ जनाको हस्ताक्षर हुन्छ ।’
यद्यपि सो पत्र अझैसम्म प्रमुख जिल्ला अधिकार समक्ष नपठाएको मेसु सापकोटाले बताए । समय र परिस्थिति अनुसार राजीनामा पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण