‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयकमाथि सांसद्हरूले मागे सुझाव
काठमाडौँ । ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयक संसदमा दर्ता भएसँगै सांसद्हरू सक्रिय भएका छन् । उनीहरूले सार्वजनिक रूपमा विधेयकमाथि थपघट गर्नुपर्ने (संशोधन) विषयमा सार्वजनिक रूपमा सुझाव माग्न थालेका हुन् ।
विधेयकका विषयमा चौतर्फी चासो बढेपछि सांसद्हरूले सुुझाव माग्न थालेका हुन् । पूर्व शिक्षामन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले मेलमार्फत सुधार गर्नुपर्ने विषय भए पठाउन अनुरोध गरेका छन् ।
उनले शिक्षाविद्, प्राध्यापक, शिक्षक, विद्यार्थी लगायतका सरोकारवालाहरूले आफ्नो सुझाव मेलमार्फत पठाउन सकिने बताएका हुन् ।
उनले आफ्नो मेल आईडी मा [email protected] सुझाव पठाउन अनुरोध गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डाक्टर तोसिमा कार्कीले समेत विधेयकमाथि आवश्यक सुझाव दिन आग्रह गरेकी छन् ।
सरोकारवालामार्फत सुझाव तथा सल्लाहहरू गुगल फारममार्फत दिन अनुरोध गरेकी हुन् । उनीहरूले शिक्षा समितिमा छलफल गर्ने भन्दै सुझाव माग गरेका हुन् । त्यस्तै विद्यार्थी संगठनहरूले समेत आफ्नो धारणाा बनाउने भन्दै सुझाव माग गर्दै आएका छन् ।
नेविसंघले विद्यालय शिक्षा ऐन २०८० को विधेयकमाथि धारणा बनाउनुपर्ने भन्दै मातहतका निकायहरूलाई परिपत्र गर्दै राय सुझाव माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण